काठमाडौं । १६औं संस्करणको यूरो कप अन्तर्गत फाइनल खेल इटली र इंग्ल्याण्डबीच आज रोमाञ्चक भिड्न्त हुदैछ । नेपाली समयअनुसार रातिको १२ः४५ बाट इंग्ल्याण्डको वेम्ब्लसी स्टेडियममा हुनेछ ।
सन् १९६८ मा यूरो कप जितेको इटली र आफ्नो खेल इतिहासमै पहिलो पटक यूरो कपको फाइनलमा पुगेको इंग्ल्याण्डबीचको यो खेललाई महत्त्वका साथ लिइएको छ ।
इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटअउटमा पराजित गरेर फाइनलको यत्रा तय गरेको थियो भने इंग्ल्याण्डे सेमिफाइनलमा डेनमार्कलाई २-१ गोलले पराजित गरेको थियो ।
लियोनार्डो बनुचि र जर्जियो किएलिनी जस्ता अनुभवी र सुरक्षित रक्षा पंक्तीका खेलाडीहरू रहेको इटलीको सुदृढ पक्ष हो भने इंग्ल्याण्डकाा फरवार्ड खेलाडी रहिम स्टर्लिङ र ह्यारी केन पनि उत्कृष्ट लयमा रहेका छन् । दुवै टोलीको रक्षापंक्ती बलियो भएका कारण रोमाञ्चक हुने अनुमान गरिएको छ ।