फागुन १९, २०७७ बुधबार

एजेन्सी

एजेन्सी :  जिम्बाबे विरुद्धको दुई टेष्टको शृखंलामा अफगानिस्तानले लज्जास्पद हार व्यहोरेको छ। दुई दिनमा नै सकिएको खेलमा जिम्बावे १० विकेटले जित हात पारेको छ ।अफगानिस्तानले दिएको १७ रनको सामान्य लक्ष्य जिम्बावेले विना विकेटको क्षतीमा पुरा गर्यो ।

यूएईको आबुधावीमा भएको उक्त खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो पारीमा मात्र १ सय ३१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेका लागि कप्तान सिन विलियम्सको शतकको मद्दतले पहिलो पारीमा २ सय ५० रन बनाएको थियो ।

विलियम्सले १ सय ५ रन बनाउँदा सिकन्दर राजाले ४३ रन बनाए । त्यस्तै बलिङमा अफगानिस्तानका अमिर हम्जाले ६ विकेट लिएका थिए ।

दोस्रो पारीमा पनि अफगानिस्तानको ब्याटिङ ध्वस्त भयो । जसका कारण मात्र १ सय ३५ रनमा अलआउट भयो । उसकालागि ओपनर इब्राहिम जार्दनले ७६ रन बनाउँदा अरु खेलाडीले उल्लेखनिय प्रदर्शन गर्न सकेनन्  ।