चैत ३०, २०८० शुक्रबार

काभ्रेपलाञ्चोक, ३० चैत : काभ्रेपलाञ्चोकमा विपद्जन्य प्राकृतिक प्रकोप तथा हुनसक्ने घटनाको व्यवस्थापनका लागि विपद् प्रतिकार्य योजनाको तयारी थालिएको     
    
 जिल्लास्थित विपद् व्यवस्थापन समितिले पछिल्ला महिना डढेलो तथा आगलागीका घटना वृद्धि हुँदै गएको मनसुन सुरु हुनै लाग्दा चरणबद्धरुपमा सरोकारवालाको सहभागितामा विपद् प्रतिकार्य योजनाको तयारी थालेको हो     
    
 मौसमविद्का अनुसार आउने मनसुनमा वर्षा बढी हुने आँकलन भएकाले जिल्लाका नागरिक बढी प्रभावित हुनसक्ने भन्दै तयारीका लागि विभिन्न चरणमा बैठक एवं छलफल थालिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो डढेलोेका घटना बढिरहेकाले आगो लगाउनेलाई कारबाही गर्ने चेतावनी दिइएको उहाँले बताउनुभयो     
    
 विपद् प्रतिकार्य, राहत उद्धारका लागि स्थानीय तहबीच सहकार्य गर्न जनशक्तिलगायत श्रोत परिचालन गर्ने योजना बनाउन थालिएको प्रजिअ शर्माको भनाइ जिल्लामा दमकल अत्यावश्यक भएको समितिले जनाएको विपद् सूचना दिएर आउँदैन, त्यसैले पूर्वतयारी थाल्नुपर्ने भइसकेको ”, उहाँले भन्नुभयो, “अहिले सरोकारवालासँगको छलफल तथा बैठकबाट प्रतिकार्यको योजना बनाउँदैछौँ ”    
    
 प्रजिअ शर्माका अनुसार समितिको बैठकहरुमा मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कटको अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान गर्ने, जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यकपर्ने सामग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकललगायत सामग्री अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्नेलगायत निर्णय गरिएका छन्     
     
 विपद्को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा निर्माण सामग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने, वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यलयले स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्ययोजना बनाएर काम गर्ने पनि निर्णय भएका प्रजिअ शर्माले जानकारी दिनुभयो     
    
 मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तर्जुमाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहसँग जिल्लामा मनसुनजन्य विपद्को पूर्वानुमान गर्न विपद्को प्रकृति, सम्भावित स्थान जोखिमको अवस्थाको पूर्वानुमान विवरण मागेको शर्माले बताउनुभयो     
    
 जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत अन्त्यसम्म काभ्रेपलाञ्चोकमा करेन्ट लागी दुई बाढीले बगाई तीन गरी पाँच जनाको मृत्यु भएको भने विपद्का घटनाबाट १४ जना घाइते भएका छन्     
    
 जिल्लास्थित सुरक्षाकर्मीले गत पुसमा बिपीराजमार्गअन्तर्गत नमोबुद्ध नगरस्थित सडक तथा मेथिनकोट अस्पतालमा आपत्कालीनविपद् प्रतिकार्यको अभ्यास गरेको थियो उक्त अभ्यासमा भकुण्डेस्थित नेपाली सेनाको २६ नं बाहिनीका सैनिक कर्मचारी, प्रहरी चौकी भकुण्डेबेंसीका प्रहरी, धुलिखेल मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीलेनाटकीय रुपमादुर्घटना व्यवस्थापनको अभ्यास गरेका थिए     
    
 जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गणले सामुदायिक विपद् प्रतिकार्यका लागि तालिम दिई काभ्रेपलाञ्चोकको १३ मध्ये १० स्थानीय तहमा ८० जना विपद् प्रतिकार्य जनशक्ति तयार पारेको विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कैयौँ मानिसको ज्यान जानसक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नैफस्ट रेस्पोन्डरका रुपमा प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न उक्त तालिमको आयोजना गरिएको जनाइएको     
    
 जिल्लाका अधिकांश भूभाग पहाडी क्षेत्र तथा जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मान्दै आइएको वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले हुनसक्ने आगलागीका घटना बढ्नसक्ने देखाएको