बैशाख २, २०८१ आइतबार

मुगु, वैशाख : मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बंैकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको     
    
उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता खुकुरी लिएको प्रहरीले जनाएको बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको राति बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको     
    
प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको     
    
बैंकको ढोका फोर्ने जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको