एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब युभेन्टसले २२ बर्षीय अमेरीकीन मिडफिल्डर वेस्टन म्याकेनीलाई स्थायी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
जर्मनीको बुन्डेसलिगा क्लब साल्केबाट सन २०२० सेप्टेम्बर १ तारिखमा ४ मिलियन युरोमा इटाली आएका म्याकेनी अब युभेन्टसको स्थायी खेलाडीको रूपमा अनुबन्ध भएका हुन ।
युभेन्टसले उनीसँग २०२५ जुन ३० तारिख सम्मको सम्झौता गरेको छ । उनीसँग १८.५ मिलियन युरोमा सहमति भएको युभेन्टसले जनाएको छ । उनले जारी सिजन युभेन्टसका लागि कुल ३२ खेल खेल्दा ५ गोल र २ असिस्ट गरेका छन् ।