वशिंगटन । अर्वपति बेलायती व्यापारी तथा virgin group का मालिक रिचर्ड ब्रेन्सनले आज न्यू मेक्सिकोको मरुभूमिबाट अन्तरिक्षको उडानमार्फत नयाँ इतिहास रच्दै छन् । रिचर्ड अन्तरिक्षको यात्रा गर्ने पहिलो अर्वपति त भएका छन् नै स्पेस पर्यटनको युग सुरु गर्ने पहिलो व्यक्ति पनि हुँदै छन्। संसारभरका मानिसहरु उनको उडानको लाईभ टेलि कास्टमार्फत यो घटनाको साक्षि हुन सक्ने छन् ।
ब्रेन्सन फ्लाइट पृथ्वी भन्दा ५५ माईल माथिसम्म पुग्नेछ। यो spaceflight unity २२ नेपाली समय अनुसार अहिले पौने ७ बजे क्उबअभउयचत ब्mभचष्अब को न्यू मेक्सिको स्थित ख्ष्चनष्ल न्बबिअतष्अ को अपरेशनल बेसबाट लन्च भएको छ । ब्रेन्सनका साथ दुई जना पाईलट तथा दुई जना थप यात्री पनि छन् ।
यो उडानको लाइभ टेलिकास्ट virginatlantic.com का साथै उक्त कम्पनीको यूट्यूब, ट्विटर तथा फेसबुक आदिबाट पनि गरिँदैछ, जसलाई चर्चित कमेडियन स्टीफेन कोबेरले होस्ट गर्दैछन् । भर्जिन गैलेक्टिकका लागि यो चौथो अन्तरिक्ष उडान हो । यो यात्राका सबै अन्तरिक्ष यात्रीले केहि समयका लागि जीरो ग्रेभिटीको अनुभव संगाल्दै धर्तिमा अवतरण गर्ने कार्यक्रम छ ।