बैशाख ३, २०८१ सोमबार

    मनिला, वैशाख  :  फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले सोमबार अमेरिकालाई थप फिलिपिन सैन्य अड्डासम्म पहुँच नदिइने बताउनुभएको     
    
 अमेरिका, जापान फिलिपिन्सबीच त्रिपक्षीय सम्मेलनको केही दिनपछि मार्कोसको उक्त टिप्पणी आएको हो सम्मेलनमा विवादित दक्षिण चीन सागरको तनाव एजेन्डाको शीर्षमा रहेको थियो     
    
 जलमार्ग ताइवानको नजिक भएका कारण फिलिपिन्स क्षेत्रीय गठबन्धनलाई बलियो बनाउने अमेरिकी प्रयासहरूमा एउटा प्रमुख केन्द्र हो ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दछ     
    
 मनिलाले गत वर्ष इडिसिए भनेर चिनिने सन् २०१४ को इनहान्स्ड डिफेन्स कोअपरेसन एग्रिमेन्टअन्तर्गत सहमत भएका पाँच मध्ये अमेरिकी सेनालाई प्रयोग गर्न अनुमति दिने शीर्ष चार वटा सैन्य अड्डाको घोषणा गरेको थियो यो सम्झौताले अमेरिकी सेनालाई रक्षा उपकरण आपूर्तिलाई घुमाउन भण्डारण गर्न अनुमति दिन्छ     
    
 थप इडिसिए साइटका बारेमा सोधिएको एएफपीको प्रश्नमा मार्कोसले भन्नुभयो, “यसको उत्तर छैन, फिलिपिन्सको थप इडिसिए आधार खोल्ने वा स्थापना गर्ने कुनै योजना छैन उहाँले फिलिपिन्सका विदेशी पत्रकार सङ्घसँगको मञ्चमा आफ्नो टिप्पणी व्यक्त गर्नुभएको हो मञ्चमा फिलिपिन सेनाका सदस्य विदेशी कूटनीतिहरू सहभागी हुनुहुन्थ्यो     
    
 गत साताको त्रिपक्षीय बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सन्धि सहयोगी मनिलाको रक्षाका लागि वासिङ्टकोदृढ समर्थनको प्रतिबद्धता दोहोर्याउनुभयो     
    
 यद्यपि दुवै मुलुकबीच जटिल इतिहास हालैका वर्षहरूमा दुवै मुलुकबीच सम्बन्धमा उतारचढाव देखिएको तर पनि उनीहरू सन् १९५१ को पारस्परिक रक्षा सन्धिमा बाँधिएका छन्     
    
 बाइडेन प्रशासनका शीर्ष अधिकारीहरूले दक्षिण चीन सागरमा कतै पनि फिलिपिनको सार्वजनिक जहाज, विमान, सशस्त्र बलहरू वा तटरक्षकहरूविरुद्धसशस्त्र आक्रमणसन्धिलाई लागु गर्ने बारम्बार दोहोर्याउँदै आएका छन् हालैका वर्षमा तनावपूर्ण बनेको सम्बन्धलाई दुवै मुलुकले सुधार ल्याउने प्रयास गर्दा गत वर्ष इडिसिएको विस्तार भएको थियो