बैशाख ३, २०८१ सोमबार

    याङ्गुन (म्यान्मा), वैशाख :   मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको     
    
 माण्डाले क्षेत्रको पिन ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए पिन ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको     
    
 गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए यसैगरीे आक्रमणमा पिन ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको     
    
 पिन ल्विन जनरल अस्पतालमा भएको आक्रमणका घाइते बालबालिका, बिरामी कर्मचारीसहित ११ जनाको उपचार भइरहेको बताइएको     
    
 परम्परागत थिङ्गयान वाटर फेस्टिभलका क्रममा गैरसैन्य लक्ष्यहरूमा भएका आक्रमणहरू सार्वजनिक शान्ति स्थिरतामा खलल पुरÞ्याउने उद्देश्यले आतङ्कारीहरूले गरेको कार्यहरू भएको बताइएको     
    
 सुरक्षा बलले अपराधीहरूलाई पत्ता लगाउन पक्राउ गर्न सुरक्षा व्यवस्था कडा गरिरहेको सूचना टोलीले जनाएको