फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : घरेलु टोली भारत र पाहुना टोली इंग्ल्याण्ड बिचको चार खेलको टेष्ट शृखंलाको चौथो तथा अन्तिम टेष्ट आजबाट सुरु हुदै छ। नेपाली समयानुसार बिहान ९:४५ बाट सुरु हुने उक्त खेल अहमदावाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ। 

२-१ को अग्रतामा रहेको घरेलु टोली चौथो टेष्टमा जित निकाल्दै वा खेल बराबरी गर्दै शृखंला आफ्नो पक्षमा पार्ने मनसायमा रहदै गर्दा पाहुना टोली पनि यस खेलमा जित निकाल्दै शृखंला बराबरी गर्ने लक्ष्यमा रहने छ ।

उता आज सुरु हुने टेष्टमा जित हात पार्दै भारतलाई आगामी जुनमा इंग्ल्याण्डको लड्स मैदानमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाईनलमा पुग्नबाट रोक्न इंग्ल्याण्ड हर सम्भव प्रयास गर्ने छ। यदी यो खेल इंग्ल्याण्डले स्पष्टसॅंग जितेमा लड्समा न्युजिल्याण्डसॅंग अस्ट्रेलियाको भेट पक्का हुने छ।यस खेल भारतले जितेमा वा बराबरीमा टुङ्गाएमा उसको लड्स यात्रा तय रहेको छ। 

आजबाट सुरु हुने चौथो तथा अन्तिम टेस्टको दुवै टिमको प्लेइङ ११ यस प्रकारको रहन सक्छ:

इंग्ल्याण्ड

डोम सिब्ले,ज्याक क्रोली,जोनी बेयस्टो,जो रुट(कप्तान),वेन स्टोक,वेन फोकेज(विकेट किपर),ओली पोपे,डोम बेस,ज्याक लिची,जोफ्रा आर्चर र जेम्मी एन्डरसन

भारत

रोहित शर्मा,सुभमन गिल,विराट कोहोली(कप्तान),चेतेश्वर पुजारा,अजिकां राहाने,रिषभ पन्त(विकेट किपर),रभिचन्द्रन आश्विन,अक्सर पटेल,कुलदिप यादव/वासिंटन सुंदर,उमेश यादव/मोहम्मद सिराज र ईशान्त शर्मा