बैशाख ४, २०८१ मंगलबार

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

उमेर हदका कारण एआइजी सन्दीप भण्डारी र मीरा चौधरी यसै साता अवकास हुन लागेकाले सो स्थानमा जोशी र ढकाललाई सिफारिस गरिएको हो ।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

बढुवा सिफारिसमा परेका जोशीले ७३.८३६८ अंक प्राप्त गरेका थिए भने ढकालको ७३.६३०६ अंक छ ।