असार २८, २०७८ सोमबार

काठमाडौं। ३ एकदिवसिय खेलको सिरिज तथा ३ नै खेलको टिट्वान्टि सिरिजका लागि आयरल्याण्ड पुगेको दक्षिण अफ्रिकी टोलीले पहिलो एकदिवसिय खेल बिना नतिजा टुगिंएको छ। 

आईतबार आयरल्याण्डको डब्लिनमा सुरु भएको सो खेल बर्षाका कारण निरन्तर अबरुद्ध भए सॅंगै अन्तिममा बिना नतिजा टुगांईएको छ। 

बर्षाका कारण टसमा ढिलाई भएपश्चात ४३ ओभरमा खेल घटाई गरिएकोमा दक्षिण अफ्रिकाले टस जिति बलिङ रोजेकोमा बर्षाले बारम्बार खेलमा अवरोध गरे पनि आयरल्याण्डले ४०.२ ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको अवस्थामा ठुलो बर्षा भएपछि रोकिएको खेल अन्त्यमा बिना नतिजा नै स्थगित भयो। 

यि दुई बिचको दोस्रो एकदिवसिय खेल भने मंगलबार रहेको छ।