बैशाख ४, २०८१ मंगलबार

विराटनगर, वैशाखः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी तीन वर्षभित्रमा कोशी प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने घोषणा गर्नुभएको     
    
झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवनको उद्घाटन समारोहमा मन्त्री खत्रीले सो घोषणा गर्नुभएको हो उहाँले प्रदेशका १४ जिल्लामध्ये जिल्लामा अझै पशुसम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिँदै ती जिल्लामा भवन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो     
    
कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दैपढ्दै कमाउँदै गर्नेकार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने टुक्रे योजना नल्याउने घोषणा गर्दैै उहाँले प्रदेश सरकारको लगानीमा झापाको भद्रपुरमा रु एक करोड ७१ लाख ८७३ को भवन निर्माण भएको बताउनुभयो     
    
पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणका लागिमहाअभियानसञ्चालन गर्ने तयारी गरेको थियो सोही योजनाअनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने मन्त्री खत्रीले घोषणा गर्नुभएको हो     
    
२५ देशमा छुर्पी निर्यात    
मन्त्री खत्रीले हाल कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पी निर्यात भइरहेको जानकारी दिनुभयो कोशी प्रदेशबाट वार्षिक रु सात अर्बभन्दा बढीको छुर्पी रु सात अर्ब बराबरको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखिएको ,’ मन्त्री खत्रीले भन्नुभयो, “यसले कृषि पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ”    
    
खोरेत नियन्त्रणको लागि सञ्चालन गर्ने तीन वर्षे अभियानका लागि रु ६० करोड खर्च हुने कृषि मन्त्रालयले अनुमान गरेको