बैशाख ४, २०८१ मंगलबार

म्याग्दी (बेनी), वैशाखः म्याग्दीको मङ्गला गाउँपालिका बाबियाचौरमा एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गर्न लागिएको बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो     
    
देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस२०८१ को तयारीलाई तीव्र पारिएको     
    
मङ्गला गाउँपालिकाभित्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका सचिव छमलाल पौडेलले जानकारी दिनुभयो     
    
उहाँका अनुसार महायज्ञबाट बचत हुने रकमबाट मन्दिर पुनःनिर्माण बहुउद्देश्यीय सेवा भवन निर्माण गरिनेछ उक्त भवनमा मण्डपसहित विवाह तथा व्रतबन्धलगायतका धार्मिककार्य सम्पन्न गर्ने कक्ष, सङ्कीर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योग ध्यान समेत गर्न मिल्ने सभाहल निर्माण गर्ने लक्ष राखिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष नवीन अधिकारीले बताउनुभयो     
    
महायज्ञको प्रचारप्रसार, मञ्च व्यवस्थापन, दानदाताको खोजी, पत्राचार, निमन्त्रणा कार्ड वितरणलगायतका कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक राजु पाण्डेले जानकारी दिनुभयो     
    
महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ महायज्ञमा दैनिक पूजापाठ, ग्रह शान्ति व्रतबन्ध, विवाह, व्रतसाङेता, सन्ध्या महाआरति, लाखबत्ती, कलश, मूलकर्ता भूमिदान तुलादन समेतको व्यवस्था गरिएको आयोजकले जनाएको     
    
विसं २०३५ मा हर्कबहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास यस मन्दिरमा आज चैतेदसैँको अवसरमा विशेष पूजाआजा गरिएको महायज्ञको वैशाख गते कलशयात्रासहित उद्घाटन गरिने जनाइएको