बैशाख ४, २०८१ मंगलबार

काठमाडौँ, वैशाख : चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित हुनुभएको चन्द्रागिरि कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उहाँ सम्मानित हुनुभएको हो     
    
महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताउनुभयो चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिनुभयो