बैशाख ४, २०८१ मंगलबार

दमौली (तनहुँ), वैशाख : तनहुँको व्यास नगरपालिका मा अवस्थित सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले सामाजिक कार्यलाई प्राथमिकतामा राखेको     
    
 चार वर्ष अगाडि गठन भएको प्रतिष्ठानले गत वर्षदेखि सामाजिक कार्यलाई अघि बढाउन थालेको हो प्रतिष्ठानका संरक्षक एवं सहिद विष्णु जमरकट्टेलका छोरा राजेन्द्र जमरकट्टेलले बुवाको नाममा प्रतिष्ठान गठन गरी सामाजिक कार्य अघि बढाउने प्रयास गरिएको जानकारी दिनुभयो      
    
 उहाँका अनुसार यस वर्ष २३औँ स्मृति दिवसका अवसरमा व्यास नगरपालिका- स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उहाँले भन्नुभयो, “विद्यालयको सिफारिस बमोजिम तीन जना विद्यार्थीको वार्षिक शुल्क, विद्यालय पोशाक, पुस्तक, कापी लगायतका सामग्री प्रतिष्ठानबाट सहयोग गरेका छौँ विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीलाई गत वर्षदेखि छात्रवृत्ति दिन सुरु गरिएको ”    
    
 यस्तै प्रतिष्ठानले सोही ठाउँका विपन्न डिल्लीराम भट्टलाई दुई कोठे घर निर्माण गरी हस्तान्तरण गरेको वडा कार्यालयको संयोजनमा रु दुई लाख ३७ हजारको लागतमा घर निर्माण गरी भट्टलाई हस्तान्तरण गरिएको जमरकट्टेलले जानकारी दिनुभयो     
    
 स्मृति दिवसकै अवसरमा प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट पाँच सय सर्वसाधारण लाभान्वित भएका छन् शिविरमा स्त्रीरोग विशेषज्ञ डा विपना गुरुङ, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा सुमन लामिछाने, बालरोग विशेषज्ञ डा दामोदर तिवारी, दाँत रोग विशेषज्ञ डा कञ्चन ढकाल, जनरल फिजिसियनहरु डा अपिल दवाडी, डा सम्पदा पण्डित, डा मनोज केसी लगायतले सेवा दिनुभएको थियो     
    
 प्रतिष्ठानलाई अझ वृहत्तर बनाउने सोच राखेको संरक्षक राजेन्द्र जमरकट्टेल बताउनुहुन्छ उहाँले भन्नुभयो, “चार वर्ष अगाडि मात्रै प्रतिष्ठान गठन भएर केही कामको सुरुआत गरेका छौँ यसलाई निरन्तरता दिँदै जानेछौँ प्रतिष्ठानको क्षेत्रलाई शिशाघाट उपत्यका दमौलीसँग जोड्ने लक्ष्य ”    
    
 प्रतिष्ठानले जिल्लाको सामाजिक क्षेत्रमा खटेका सामाजिक व्यक्तित्व, पत्रकारिता क्षेत्रबाट सामाजिक योगदान पु-याएका विविध क्षेत्रका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष शान्ताराम घिमिरेले जानकारी दिनुभयो     
    
 विसं २०५७ चैत २८ गते तत्कालीन विद्रोही समूहको गोली लागेर जमरकट्टेलको मृत्यु भएको थियो नेपाली कांग्रेस तनहुँका तत्कालीन कोषाध्यक्ष रहनुभएका जमरकट्टेलको योगदानलाई चीरस्थायी बनाउन विसं २०७६ मा प्रतिष्ठान गठन गरिएको थियो