बैशाख ६, २०८१ बिहिबार

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

क्वार्टरफाइनलको दोस्रो लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४–४ गोलको बराबरी भएको थियो । पहिलो लेगमा ३–३ को बराबरी भएको थियो ।

निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा रियालका लागि जुड वेलिंघम, लुकास भास्क्वेज, नाचो फर्नान्डेज र एन्टोनिओ रुडिगर्डले गोल गरे । सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एन्डर्सनले गोल गरेका थिए ।

यसअघि ९० मिनेटको निर्धारित समयमा रियलका रोड्रिगो र सिटीका केभिन डि ब्रुयनाले एक–एक गोल गरेका थिए ।