बैशाख ६, २०८१ बिहिबार

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।