बैशाख ६, २०८१ बिहिबार

झापा, वैशाख : मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहिन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको     
    
 सङ्घका अध्यक्ष खेम प्रसाईंले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनुपर्ने, जाँच नगरी ल्याइएका सामान सीमामै जफत गरिनुपर्ने खुला सीमाको फाइदा उठाउँदै लुकीछिपी सामान भित्रिन नदिन सुरक्षा निकायलाई कडा निर्देशन दिनुपर्नेलगायत माग गरिएको बताउनुभयो     
    
 “खरबुजा, काँक्रा, फर्सी, बैगुन, लौकालगायत तरकारी तथा फलफूल नेपालमै पर्याप्त उत्पादन भइरहेका छन्”, उहाँले भन्नुभयो, “विषादीको अवशेष बढी प्रयोग भएका त्यस्ता सामानहरु भारतबाट सस्तो मूल्यमा नेपाल भित्रिँदा एकातिर जनस्वास्थ्यमा गम्भीर हानि भइरहेको भने अर्कातिर नेपाली उत्पादन नबिकेर कृषकले क्षति बोहोर्नुपरिरहेको ”    
    
 सीमाका समस्या बुझ्न मेचीनगर आउनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आयातीत अखाद्य तरकारी तथा फलफूलले जनस्वास्थ्यका साथै स्वदेशी उत्पादनमा गम्भीर असर पु¥याएका बारेमा ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो     
    
 आयातीत अखाद्य सामग्री रोक्ने विषयमा काँकडभिट्टास्थित मेची भन्सार कार्यालय, खाद्य तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टिन कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो     
    
 अध्यक्ष प्रसाईंको नेतृत्वमा सङ्घ कृषक प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुङ्गाना क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर समस्या अवगत गराइएको सङ्घका महासचिव दिनेश शाक्यले बताउनुभयो     
    
 मेचीनगर१५ स्थित स्मार्ट कृषि फार्मका सञ्चालक हरि नेपालले नेपालमै उत्पादन भएको तरकारी नबिकेर गाईवस्तुलाई खोले खुवाउने अवस्था आएको विषयमा सरकारले चासो नदिएको गुनासो गर्नुभयो उहाँले आफ्नो फार्ममा लाखौँको लगानीमा खरबुजा तरकारी उत्पादन भए पनि भारतबाट भित्रिने सस्तो मूल्यको अखाद्य तथा गुणस्तरहीन तरकारीले बजार कब्जा गरेको बताउनुभयो     
    
 “भारतबाट आयात हुने खरबुजा रसायन प्रयोग गरेर पकाउने गरिएको तरकारीहरुमा विषादीको अवशेषको मात्रा बढी हुने गरेको उपभोक्तालाई थाहा हुँदैन”, कृषक नेपालले भन्नुभयो, “मानिसहरुले सस्तो भन्दै किन्छन् नेपालका कृषि फार्ममा उत्पादन भइरहेका अर्गानिक गुणस्तरयुक्त फलफूल तरकारीले बजार पाउने अवस्थाको सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी ”    
    
 प्रमाणीकरण कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ढुङ्गानाले आयातकर्ताले ल्याउने तरकारी तथा फलफूलको नमुना मात्र कार्यालयको प्रयोगशालामा जाँच गरिने जानकारी पाएको उल्लेख गर्दै सङ्घका महासचिव शाक्यले सरकारी निकायबाटै नमुना सङ्कलन गरेर परीक्षणको व्यवस्था हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको बताउनुभयो     
    
 “आयातकर्ता आफैँले गुणस्तर परीक्षणका लागि नमुना ल्याउने गरेकाले थप आशङ्का जन्माउँछ”, महासचिव शाक्यले भन्नुभयो, “आयातीत सामान हेरेर त्यहीँबाट नमुना सङ्कलन गर्दा मात्र सही परीक्षण हुन्छ भन्ने विषयमा हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ ”    
    
 मेची भन्सार कार्यालयका प्रमुख रेग्मी क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत राईबाट गुणस्तर परीक्षण गरेर मात्र भारतबाट तरकारी तथा फलफूल आयात गर्न पाउने व्यवस्थालाई कडाइका साथ पालना गरिने प्रतिबद्धता व्यक्त भएको महासचिव शाक्यले बताउनुभयो