बैशाख ६, २०८१ बिहिबार

काठमाडौँ, वैशाखः यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको बौद्ध तामाङ कल्याण गुठीको संयोजन बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो     
    
 प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष यही वैशाख १० गरे मनाउन लागिएको हो जात्रा सम्पन्न गर्नका विभिन्न उपसमितिहरु गठन गरिएको     
    
 काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवङ्गहरुको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआज गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो     
    
 जात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानमा बसोबास गर्ने तेमालहरुको उपस्थिति रहने आयोजकको भनाइ सो जात्राका क्रममा पितृ मोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना समेत गर्दछन्     
    
 जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतलगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुने आयोजकको भनाइ