असार २८, २०७८ सोमबार

उच्च अदालत इलाम इजलासमा कार्यरत कार्यालय एक कर्मचारी मृत फेला परेकी छिन्।

सोमबार बिहान ४८ वर्षीया विमलाकुमारी पराजुली कार्यालय परिसरमै मृत भेटिएकी हुन् । उनी अदालतमा कार्यलय सहयोगीको रुपमा कार्यरत थिईन् । सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका–२ घर भएकी उनको शव कार्यालय पोशाकमै भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।