बैशाख ७, २०८१ शुक्रबार

गोदार (धनुषा), वैशाख : प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको     
    
 प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो     
    
 गत असोज २० गते इजरायलको मध्य दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो