बैशाख ७, २०८१ शुक्रबार

त्रिवेणी (नवलपरासी), वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रियाअघि बढेको शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमूना सदरमुकाम निर्माण प्रक्रियाअघि बढाइएको हो     
    
जिल्लामा रहने सङ्घ तथा प्रदेश मातहतका सरकारी कार्यालय एकै स्थानमा बनाउने गरी कावासोती नगरपालिका, मा रहेको एक सय ८७ बिघा जग्गामा नमूना सदरमुकाम निर्माण थालनी गरिएको थियो विसं २०७६ वैशाख गते नमूना सदरमुकाम निर्माणको योजनाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो     
    
सङ्घीयतापछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ, व्यवस्थित आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजनाअनुसार यसलाई नमूना सदरमुकाम नामकरण गरी काम थालिएको थियो शिलान्यासको पाँच वर्षपछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया सुरु गरेको     
    
आयोजना कार्यालयले विसं गत चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आह्वान गरेको आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताउनुभयो नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा पहिलो चरणमा रु ५० करोडको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो     
    
रु ५० करोड बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पाँच वटा कार्यालयका लागि भवन निर्माण प्रक्रियाअघि बढेको कार्यालय प्रमुख थापाले बताउनुभयो पहिलो चरणमा बन्ने भवनमध्ये जिल्ला प्रशासन कार्यालयको अलग भवन रहने     
    
बाँकी सेवाको एकरूपता हुने किसिमका कार्यालय रहने गरी दुई भवनमा चार वटा खण्ड हुने छन् जसमा चार वटा कार्यालय रहनेछन् यसअघि काम हुन सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरी भवन निर्माणको प्रक्रिया अघि बढेको , तीन आवमा पहिलो चरणको काम सक्ने लक्ष्य ”, कार्यालय प्रमुख थापाले भन्नुभयो     
    
निर्माणस्थलमा अन्य सरकारी कार्यालयको भवन तथा बाटो निर्माण, निर्माणस्थलको उत्तरी क्षेत्रमा रहेको केरुङ्गे खोलाको बाढी नियन्त्रणलगायत कार्य गर्न थप बजेट माग गरिएको उहाँको भनाइ थप बजेट सुनिश्चित भएपछि निर्माणअन्तर्गत दोस्रो चरणको काम अघि बढ्ने उहाँले बताउनुभयो     
    
दोस्रो चरणमा भवन निर्माणको लागि रु पाँच अर्ब बाटोलगायत अन्य कार्यका लागि रु दुई अर्ब ५० करोड सरकारसँग माग गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो     
    
नमूना सदरमुकाम निर्माणस्थलमा यसअघि करिब रु १० करोडको लागतमा कच्ची बाटो निर्माण गरिएको थियो सोबाहेक अन्य कुनै काम अघि नबढेको अवस्थामा पहिलो चरणमा भवन निर्माणको प्रक्रिया सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो     
    
सरकारी कार्यालय अहिले यत्रतत्र छरिएर रहेका छन्, त्यसमाथि भाडाको घरमा सञ्चालन हुँदा, साँघुरो छन्, सेवाग्राही मैत्री छैनन्, नमूना सदरमुकाममा भवन निर्माणको काम सुरु हुने सबैका लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो     
    
पहिलो चरणको काममा कुनै विलम्ब नगरी सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने अन्य कार्यालयका लागि समेत थप बजेट सुनिश्चित गरी काम अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश कार्यालय, पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको प्रारम्भिक योजनाअनुसार नमूना सदरमुकाम निर्माणका लागि करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको