बैशाख ७, २०८१ शुक्रबार

महेन्द्रनगर (कञ्चनपुर) वैशाखः बझाङ्ग, बाजुरा अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन कतिपय स्थानमा आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था     
    
 यद्यपि खेलकुदमा आवश्यक लगानी भौतिक पूर्वाधार अभावका बीच पनि यहाँका खेलाडीले आफूहरुलाई राष्ट्रियस्तरमा अब्बल सावित गरिरहेका छन् उनीहरुले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन् पालिका हुदै जिल्ला प्रदेशबाट छनौट भएका उनीहरुले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए     
    
पर्याप्त खेल संचरना प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीहरुको गरेको उच्च प्रर्दशनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गर्नुभयो १३औँ राष्ट्रपति रनिङ शिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यसपटक भने राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण, १२ रजत १८ कास्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गर्नुभयो     
    
प्रदेशमा ठूला खेल संचरनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्वडहल, कैलालीको टीकापुरमा स्पोर्टस एकेडेमी डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कवर्डहल बन्दैछन् त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरु बताउँछन्     
    
सुदूरपश्चिम खेलकुदको हव भएको कुरा अहिलेको नतिजाबाट पनि प्रष्ट भएको ”, सदस्यसचिव सिंहले भन्नुभयो, “केही खेलमा प्रशिक्षक उत्पादन खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ ”    
    
हाँले महेन्द्रनगर टीकापुरमा प्रदेश सरकारको रु १४÷१४ करोडको लगानीमा दुई ठूला खेलकुद संरचना बनेपछि खेलकुदको माहोल थप सशक्त हुनेमा विश्वास व्यक्त गर्नुभयो एथ्लेटिक्स, कवड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रर्दशन रह्यो”, उहाँले भन्नुभयो उहाँले प्रतियोगिता अघि प्रदेशभरीका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताउनुभयो     
उहाँका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक व्यवस्थापक गरी एक सय १५ जना रनिङ शिल्डमा सहभागी भएका थिए उहाँले लगातार रुपमा भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको सकारात्मक नतिजा आइरहेको बताउनुभयो     
    
सुदूरपश्चिममा धनगढी महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ”, उहाँले भन्नुभयो, “अझै १०÷१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक ”    
    
उहाँले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताउनुभयो यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उहाँको बुझाइ     
     
बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताउनुभयो वीरेन्द्र शिल्डदेखि राष्ट्रपति शिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको ”, भट्टले भन्नुभयो, “खेलाडीहरु सेवा सुविधाको अभाव भविष्यको सुनिश्चितताको अन्यौलताका बीच उत्कृष्ट प्रर्दशन गरेका छन् उनीहरुलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ ”    
    
उहाँले पनि खेलाडीहरुले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो सुदूरपश्चिमको खेलकुद जगतका लागि अहिलेको नतिजा ऐतिहासिक हो”, उहाँले भन्नुभयो, “अझै पनि नयाँ खेलाडीहरुको तन मन खेलप्रति भन्ने पनि यसबाट देखिएको ”    
    
केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रर्दशन गरेको थियो सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत २१ कास्यसहित दोस्रो स्थान ओगटेको थियो