बैशाख ७, २०८१ शुक्रबार

    काप्री (इटाली), वैशाख :   
इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबारपूर्णरूपमा तनाव कम गर्नआह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको     
    
 रोमले सात मुलुकको समूह जी७ का विदेशमन्त्रीहरूको बैठकको आयोजना गरिरहेको इटालीको टापु काप्रीबाट आरएआई समाचार उहाँले भन्नुभयो, “हामी सबैलाई तनावबाट जोगिनका लागि सतर्क रहन आमन्त्रण गर्दछौँ ”    
    
 उहाँका अनुसार जी७ ले मध्यपूर्वमापूर्णरूपमा तनाव कम गर्नचाहेको बताउनुभयो जी७ मा संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, जापान, क्यानाडा इटाली रहेका छन्     
    
 क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, हामी आज बिहान इटालीमा जी७ को बैठकमा विदेशमन्त्रीहरूसँग स्थितिलाई सम्बोधन गर्नेछौँ ”    
    
 इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको सूचना दिएको थियो अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको     
    
 करिब एक साताअघि सिरियामा इरानको दूतावासमा भएको घातक आक्रमणको जवाफमा इरानले इजराइलमाथि ड्रोन मिसाइलहरू प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई इजराइलले रोकेको थियो यसबाट गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको     
    
 अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलगायत जी७ का मन्त्रीहरू बुधबारदेखि काप्रीमा हुनुहुन्छ शुक्रबार दिउँसोको भोजनपछि बैठक समाप्त हुँदैछ बिहीबार बिहान बैठकको एजेन्डमा सबैभन्दा अघि मध्यपूर्व सङ्कट थियो     
    
 शुक्रबारको बैठक हिन्दप्रशान्त क्षेत्रमा बढ्दो तनावमाथि केन्द्रित थियो तर इटालीका विदेशमन्त्री ताजानीले इरानको स्थितिमाथिछलफलगरिने पुष्टि गर्नुभयो