एजेन्सी । १६ औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । सार्वाधिक पाँच गोल गरेका रोनाल्डोले गोल्डेन बुट जितेका हुन् ।
समान ५/५ गोल भएका चेकरिपब्लिकका खेलाडी प्याट्रक स्चिकले पछि पार्दै रोनाल्डो उक्त अवार्ड जितेका हुन् । ५ गोल र एक असिस्ट गरेका कारण रोनाल्डोले गोल्डेन बुट जितेका हुन् । गत सिजनकाे विजेता पाेर्चुगल भने प्रतियाेगिताकाे उत्कृष्ट १६ बाटै बाहिरिएकाे थियाे ।