बैशाख ८, २०८१ शनिबार

धुलिखेल, वैशाख : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको     
    
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो     
    
त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उहाँले भन्नुभयो आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उहाँले दिनुभयो     
    
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो काठमाडौं प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुुसीको कुरा भएको बताउनुभयो     
मन्त्रालय नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ