बैशाख ८, २०८१ शनिबार

काठमाडौँ, वैशाख : सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको कपन साहित्य समाज, बूढानीलकण्ठ१० (कसास) ले आज यहाँ आयोजना गरेकोनववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो लोकार्पण समारोहमा साहित्यकारलगायत सबै संस्कृतिकर्मी नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त ऐतिहासिकस्थलको अध्ययनअनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो     
    
 त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिकसांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न आग्रह गर्नुभयो साहित्यकार प्रा शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन जगत्का भोगाइ सटिक रूपमा भित्तेपात्रामा समेटिएको बताउनुभयो साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएकोमृगेन्द्र शिखरभनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तरराष्ट्रिय जगत्मा परिचित गराउनुपर्ने बताउनुभयो     
    
 कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा विष्णु केसी महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो कसासका उपाध्यक्ष डा केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य सदस्य होमशङ्कर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशितकसास कविता क्यालेन्डर२०८१मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु साइनो गरी सानाछोटा ६८ रचना छन् संस्थाले हालसम्मकपन दर्पणकास्मारिका२०५८’, ‘कविता विशेषाङ्क२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क२०७२कविता विशेषाङ्क२०६२प्रकाशन गरिसकेको कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान