फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : आज बिहान सम्पन्न श्रीलंका र वेस्ट ईन्डिज बिचको खेल वेस्टईन्डिजले ४ विकेटले जित्दै गर्दा केही ऐतिहासिक रेकर्ड पनि बनेका छन् । 

१३२ रनको लक्ष्य पछ्याएको वेस्टईण्डिजका विरुद्ध श्रीलंकाका अखिल धनन्जयले ह्याट्रिक विकेट लिएका थिए। खेलको ३.२, ३.४ र ३.५ औ ओभरमा उनले ईभेन लुईस ,क्रिस गेल र निकोलस पुरनको विकेट लिए। यो सफलता प्राप्त गर्ने उनी तेस्रो श्रीलंकाका खेलाडी हुन्। 

कायरन पोलार्डको छ छक्का

युवराज सिंहले इंग्ल्याण्ड विरुद्ध एकै ओभरमा छ छक्का हानेर राखेको रेकर्डलाई वेस्टईन्डिजका कप्तानले बराबरी गरेका छन्। अखिल धनन्जय विरुद्ध खेलको छैठौ ओभरमा प्रहार गरेका हुन्।