बैशाख ११, २०८१ मंगलबार

काठमाडौँ– इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको खेलमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि चुमेको हो ।

इन्टर मिलानका लागि फ्रान्सिस्को असर्वी र मार्कोस थुरामले एक–एक गोल गरेका थिए । एसी मिलानका फिकायो टोमोरीले एक गोल फर्काएका थिए ।

खेलको १८औँ मिनेटमा असर्वीले इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ४९औँ मिनेटमा थुरामले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८०औँ मिनेटमा एसी मिलानका टोमरीले एक गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप गोल नहुँदा इन्टर मिलानले २–१ गोलको जित निकाल्यो ।