असार २८, २०७८ सोमबार

काठमाडौं। पाकिस्तानमा हुने तय भएको आगामी १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग)को मिती तय भएको छ। 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो।

१३ औं साग २०१९ को डिसेम्बरमा नेपालमा सम्पन्न भएको थियो। 

पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिएको छ ।

नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष ले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्षलाई १४ औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।