बैशाख ११, २०८१ मंगलबार

काठमाडौँ, ११ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ ।

सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।