देउवालाई सात पटक प्रधानमन्त्री बन्ने दाबीसहितको भविष्यवाणी गरेका ज्योतिष सुरेशचन्द्र रिजाल नयाँ सरकार बनेपछि चार महिना देश थप संकटमा पर्न सक्ने बताउँछन् ।
'राजा पनि मंगल, मोक्ष पनि मंगल भएकोले कडा समय छ। राज्याभिषेकदेखि हरेक कामको शुभ साइत हेर्नुपर्छ। चार महिना कठिन परिस्थिति छ,' उनले भने।
प्रधानमन्त्री बन्नका लागि देउवाको समय अनुकुल रहे पनि देशको अवस्था हाल नाजुक रहेको उनको भनाइ छ । देउवाका लागि योग राम्रो रहे पनि देशका लागि सावधानी अपनाउनुपर्ने उनी बताउँछन् ।
यद्यपि देउवाको योग शक्तिशाली रहेको उनको दाबी रह्यो। 'हामीले योग हेर्ने हो। शक्तिशाली योग देउवाको छ। प्रतिपक्षीको भूमिकामा बस्नुपर्ने व्यक्ति प्रधानमन्त्रीको दाबेदारसम्म जानु भनेको उहाँको योग बलियो भएरै हो,' उनले भने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।