काठमाडौं। ५ टिट्वान्टी तथा ३ एकदिवसिय सिरिजका लागि वेस्टईण्डिज भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले घरेलु टोली विरुद्ध मंगलबार बिहान तेस्रो टिट्वान्टी खेल खेल्दै छ।
खेल नेपाली समयानुसार मंगलबार बिहान ५:१५ बजे सेन्ट लुसिया स्थित डारेन सामी अन्तराष्ट्रिय रंगशालामा हुनेछ।
डेबिड वार्नर, ग्लेन म्यासवेल लगायतका महत्वपुर्ण खेलाडी बिना नै वेस्टईण्डिज पुगेको अस्ट्रेलिया वेस्टईण्डिज भन्दा केही कमजोर देखिएको छ।
साविकका कप्तान कायरन पोलार्ड घाईते भएपश्चात वेस्टईण्डिज टोलीको नेतृत्व निकोलस पुरनले गरिरहेका छन् ।
मंगलबार हुने तेस्रो टिट्वान्टी खेल जित्दै घरेलु टोली वेस्टईण्डिज ५ खेलको सिरिज दुई खेल अगावै जित्न चाहान्छ भने अस्ट्रेलिया पनि भोलीको खेल जित्दै सिरिजमा आफ्नो दाबी कायमै राख्न चाहान्छ ।