असार २९, २०७८ मंगलबार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ ।

कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो । सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइसकेको छ ।