काठमाडौं। पाहुना टोली अस्ट्रेलियाविरुद्ध घरेलु टोली वेस्टईण्डिज ५ खेलको टिट्वान्टी शृखंला अन्तर्गतको तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज २ खेल अगावै जितेको छ। अस्ट्रेलिया घरेलु टोलीसॅंग ६ विकेटले पराजित भएको हो ।
मंगलबार बिहान टस जितेर सेन्ट लुसियाको डारेन सामी अन्तराष्ट्रिय मैदानमा पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १४२ रन बनाएको थियो ।
अस्ट्रेलियाका मोसिस हेनरिकले ३३, कप्तान आरोन फिन्चले ३०,एस्टन टर्नरले २४ तथा म्याथ्यु वाडाले २३ रन बनाए। वेस्टईण्डिजका लागि हेल्डन जुनियरले २ तथा ड्वेन ब्राबो,ओवेड म्यकोई र फेवियन एलनले समान १/ १ विकेट हात पारे।
१४२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १४.५ ओभरमा ६ विकेट सुरक्षित रहदा नै जित निकाल्यो।
वेस्ट ईण्डिजका लागि क्रिस गेलले ६७ रनको अर्धशतकीय योगदान गर्दा ७ छक्का र ४ चौका जोड्न सफल रहे । कप्तान तथा विकेटकिपर निकोलस पुरनले ३२ रन जोडे । अस्ट्रेलियाका राईली मेरीडेथले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए।
यि दुई टिम बिचको चौथो टिट्वान्टी खेल भने नेपाली समयानुसार बिहिबार बिहान ५:१५ मा हुनेछ।