बैशाख २०, २०८१ बिहिबार

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा साडियो मानेले एक गोल गरेका थिए । यस्तै अल खालीजका फवाज टोराल्सले एक गोल फर्काएका थिए ।


खेलको १७औँ मिनेटमा गोल गर्दै रोनाल्डोले अल नासरका लागि सुरुवाती गोल गरेका थिए । ३७औँ मिनेटमा साडियो मानेले टोलीको अग्रतालाई दोब्बर बनाए ।

यस्तै ५७औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको अग्रतालाई ३–० ले अघि बढाए ।


खेलको ८२औँ मिनेटमा अल खालीजका टोराल्सले एक गोल फर्काएका थिए ।

किङ कपको फाइनल खेल मे ३१ मा हुनेछ । जसमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल पहिलो सेमिफाइनलमा अल इत्तिहादलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।