बैशाख २०, २०८१ बिहिबार

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ‘ए’ का एलिक एथानाजलाई आउट गरेका हुन् । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।

नेपाल आजको खेल जित्दै शृंखलामा बराबरी गर्ने योजनामा रहँदा वेष्ट इन्डिज एक खेल अगावै शृंखला कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । शृखला उपाधि रक्षाका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पाँच खेलको शृंखला अन्तर्गत यसअघिका तीन खेलमा वेष्ट इन्डिजले दुई तथा नेपालले एक खेल जितेको छ । समग्रमा नेपाल २–१ ले पछाडि छ । शृंखलाको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।