बैशाख २०, २०८१ बिहिबार

बेइजिङ, २० वैशाख: अन्तर्राष्ट्रिय श्रमिक दिवसको आठ दिने सार्वजनिक बिदाअन्तर्गत पहिलो दिन बुधबार चीनमा रेलयात्रा गर्ने यात्रुको सङ्ख्या अत्यधिक भएको छ । 

    राष्ट्रिय रेलवे सञ्चालकबाट प्राप्त विवरणका आधारमा चाइना रेलवेले जनाए अनुसार मजदुर दिवसको बिदाको पहिलो दिन अनुमान गरिए भन्दा बढी दुई करोड ६९ लाखले रेलयात्रा गरेका छन् । बुधबार एक करोड ७० लाख यात्रुको अनुमानसहित एक हजार ९४ अतिरिक्त यात्रु रेलहरु थप गरिएकामा अपेक्षाभन्दा बढी यात्रु भएका हुन् ।  दिवसका अवसरमा चीनमा अप्रिल २९ देखि मे ६ सम्म आठ दिन सार्वजनिक बिदा दिइएको छ ।