बैशाख २०, २०८१ बिहिबार

गुआङझोउ, २० वैशाख: दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ शहरका अधिकारीहरूले बताएका छन्् । 

दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो हवाइ तस्बिरले एक्सप्रेसवेको एकपट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परिरहेका छन् । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ ।