बैशाख २३, २०८१ आइतबार

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको इजलासमा तोकिएको छ ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइको पेसी तोकिएको हो । यसअघि सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।