फागुन २०, २०७७ बिहिबार


काठमाडौं।
 पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत आज नेपाली युवा लेग स्पिनर सहभागी टोली लाहोर कलन्दर्सले सादब खान कप्तानीको ईस्लामावाद युनाईटेडको सामना गर्दैछ ।
कराचीँमा रहेको नेशनल स्टेडियममा हुने खेल नेपाली समयानुसार साँझ ७ : ४५मा सुरु हुदैछ ।

राश्ीद खान जिम्बावेविरुद्धको टेष्ट र टी–२० शृखंलाका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पीएसएलको बीचमा नै छाडे पश्चात उनको स्थानमा टोलीमा परेका सन्दिपका लागि आजको खेलबाट यस प्रतियोगिताको सुरुवात हुनेछ ।


 जारी लिगमा कलन्दर्सलाई बलियो टोलीको रुपमा हेरिएको छ। उसले जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको छ।आजको खेलमा जित निकाली कलन्दर्स जीत निकाल्दै शिर्ष स्थानमा उक्लन चाहान्छ ।
 उता तेस्रो स्थानमा रहेको ईस्लामाबाद पनि आज जित निकाल्दै शिर्ष स्थानमा पुग्ने लक्ष्यमा रहेको छ ।

 सन्दीपले सन् २०१८ / १९ को सिजनमा पनि  कलन्दर्सबाट खेल्दै पीएसएलमा डेब्यू गरेका थिए। सो सिजनमा उनले  कलन्दर्सका लागि ७ खेलमामा ११ विकेट लिएका थिए।युनाइटेडसँगको खेलमा सन्दीपले खेल्ने सम्भावना बलियो रहेको छ। सन्दीपले तीनदिने क्वारेन्टाईन मंगलबार पूरा गरेर उनी टिमसँग जोडिसकेका छन् ।


दुवै टोलीको सम्भावित  प्लेइङ– ११

लाहोर कलन्दर्स

फखर जमान, सोहल अख्तर (कप्तान), मोहम्मद अफीज, बेन डंक (विकेटकीपर), समित पटेल, डेविड भिसे, शाहीनसाह अफ्रिदी, अहमद डानियल, सलान मिर्जा, सन्दीप लामिछाने र हरिस रौफ।


इस्लामाबाद युनाईटेड

पउल स्टर्लिङ, एलेक्स हेल्स, शादाव खान (कप्तान), रोहेल नजर (विकेटकीपर), आशिफ अलि, फहीम अस्रफ, हसन अली, हुसेन तलत, इफ्तिखार अहमद, मोहम्मद वसीम र मुसा खान।