बैशाख २५, २०८१ मंगलबार

काठमाडौँ, २५ वैशाखः नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।

इङ्ल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।