बैशाख २५, २०८१ मंगलबार

काठमाडौँ, २५ वैशाखः इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एक एक गोल गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । 

अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमा समेत अब छनौट हुन मुस्किल देखिएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।