मंगलबार नेप्से परिसूचक १६.३४ अङ्कले बढेर २ हजार ८७१.०३ विन्दुमा पुगेको छ । गत सोमबार एकै दिन अधिकतम ४५.०६ अङ्ककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंकमाथिको स्तरोन्नती भएको हो ।
नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्ससमेत ४.७४ अङ्कले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । तथापि, यस दिनयता नेप्से परिसूचक अधिकतम १६.३४ अङ्कले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।
नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ ।
यस दिन जीवन बीमा समूहबाहेक अन्य सबै समूहहरू धनात्मक (पोजेटिभ) भएका छन् ।