असार ३०, २०७८ बुधबार

साङ्केतिक तस्बिर

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ ।

महाशाखाको नियमित बुलेटिनमा आज बिहान देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भएको छ ।

यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि पनि  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।