असार ३०, २०७८ बुधबार

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।