असार ३१, २०७८ बिहिबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्यसमेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।