फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा दोस्रोको एसी मिलान बराबरीमा रोकिएको छ ।  

बिहिवार बिहान सम्पन्न भएको खेलमा मिलान आफ्नै मैदानमा उडिनेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा उडिनेसले सुरुवती अग्रता बनाएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

तर दोस्रो हाफको  खेलको ६८औँ मिनेटमा रोड्रिगो बेकाओले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयमा मिलानले पेनाल्टीको मौका पाएको थियो, जसमा फ्रान्क केस्सीइले मिलानलाई बराबरीमा फर्काए ।

उक्त बराबरीसँगै दोस्रो स्थानको मिलानले २५ खेलमा ५३ अंक जोडेको छ । एसी मिलान शिर्ष स्थानको इन्टर मिलानभन्दा तीन अंकले पछि परेको छ । इन्टरले मिलानभन्दा एक खेल कम खेलेको छ । यता उडिनेस भने २९ अंकका साथ ११औँ स्थानमा छ ।