साउन १, २०७८ शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

यस दिन तेजाबी सुनको मूल्यसमेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।