आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९७ पैसा र विक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र विक्रीदर १४१ रुपैयाँ ५छ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र विक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर नेपाली १३० रुपैयाँ ३१ पैसा र विक्रीदर १३० रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र विक्रीदर ९५ रुपैयाँ ६० पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६७ पैसा र विक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
यता सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ८१ पैसा र विक्रीदर ३९७ रुपैयाँ ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।